एनपीएल : गुर्खाजलाई सुदूरपश्चिमको १ सय ६८ रनको लक्ष्य

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

NPL: Gurkhaz target of 168 runs for Far West

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको हो । 

मध्यक्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाउँदै सुदूरपश्चिमलाई राम्रो स्कोरमा उभ्याएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरे । स्कटिस खेलाडी ब्रान्डन म्याकमुलेनको अर्धशतक बनाई बसाएको जगमा दीपेन्द्रले आक्रामक इनिङ्स खेलेका थिए । म्याकमुलेनले ३६ बल खेली ३ चौका र ४ छक्कासहित ५३ रन बनाए ।

ओपनर सैफ जैब ९ बलमा १ चौकासहित ११ रन बनाउदै आउट भए । अर्का ओपनर विनोद भण्डारीले ३५ रन बनाए । उनले २८ बल खेली समान २ चौका र छक्का प्रहार गरे । रोहन मुस्ताफा ४, आरिफ शेख ३ रन बनाइ आउट भए । 

गुर्खाजबाट रशिद खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शाहव आलम, जेहरार्ड इरसमस र करणले १–१ विकेट लिए ।

कान्तिपुर

Link copied successfully