काठमाडौँ — कर्णाली याक्सले एनपीएलका लागि मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयरमा छानेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका ५ उत्कृष्ट खेलाडीमध्ये विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरिएको कर्णालीले जनाएको छ ।
कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनीष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको हो । उनीहरूले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।
