कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

एनपीएल खेल्ने ८ टोली चयन

भाद्र १६, २०८१
एनपीएल खेल्ने ८ टोली चयन

काठमाडौँ —  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि हरेक प्रदेशबाट १–१ टोली चयन गरेको हो ।

वाग्मती प्रदेशको हकमा भने दुई टोली रहनेछ । वाग्मतीबाट काठमाडौं र चितवनको टोली हुनेछ । अन्य टोलीमा विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

यसअघि भएको विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरूमा मधेश र कर्णाली प्रदेशको कुनै टोली रहेको थिएन ।

प्रकाशित : भाद्र १६, २०८१ ०५:५०
x
×