कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

विश्‍वकप फाइनल : अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २४१ रनको लक्ष्य प्राप्त गरेको छ । भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो ।

विश्‍वकप फाइनल : अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको हो । फाइनल खेल अहमदावादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको छ ।

भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो । जितका लागि अस्ट्रेलियाले ५० ओभरमा २४१ रन बनाउनु पर्ने छ । रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो । १० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो।

भारतका ओपनर शुभमन गिल मात्र ४ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भएका थिए । ३० रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रो विकेट ७६ रनमा गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा अर्ध सतक बनाउन केवल ३ रनले चुके । उनले ३१ बलमा ४७ रन बनाउँदा म्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए ।

त्यसपछि ब्याटिङमा आएरुका श्रेयस अैय्यर पनि मात्र ४ रन बनाएर आउट भएपछि भारतमाथि दबाब बढ्न थालेको थियो । विराट कोहली र केएल राहुलले सम्हालिएको पारी खेलिरहेको अवस्थामा कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भएपछि भारतको ठूलो योगफल खडा गर्ने सम्भावना क्षिण हुँदै गएको थियो । यद्यपी केएल राहुल फाइनल खेलमा चुनौती पूर्ण लक्ष्य दिनका लागि प्रयास गरेपनि उनी ६६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । अन्य ब्याट्स्म्यानहरु पनि सस्तोमै पेभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट क्युम्मिन्सले २-२ विकेट लिएका थिए ।

तेस्रो विश्वकप उपाधि जित्ने अवसरमा रहेको भारतले यसपल्टको प्रतियोगितामा भने लगातार १० खेल जितेको छ । सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप क्रिकेट जितेको थियो । सन् २०११ मा पछिल्लो पटक जित्दा त्यो उपलब्धि आफ्नै भूमिमा प्राप्त भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टोलीको जस्तै दबदबा रहे पनि देशले सन् २०१३ यता कुनै उपाधि जित्न सकेको छैन । त्यो वर्ष भारतले जितेको भनेको च्याम्पियन्स ट्रफी थियो । अहिले भने एक अर्ब ४० करोड जनसंख्या भएको देशलाई क्रिकेटको ज्वरोले समातेको छ । टोलीसामु फाइनलमा त्यस्तो प्रतिद्वन्द्वी छ, जसले आठौंपल्ट विश्वकप फाइनल खेल्दै छ । अहिले पनि लयमा फर्कने क्रममा अस्ट्रेलियाले पछिल्लो ८ खेल लगातार जितेको छ ।




प्रकाशित : मंसिर ३, २०८० १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?