पोखरा रंगशाला क्रिकेट मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । मधेश प्रदेशले सुदूरपश्चिम प्रदे...
यसअघि ट्वान्टी–२० मा ‘टाइ’ को अनुभव भए पनि नेपालले कहिल्यै सुपर ओभरको सामना गरेको थिएन । ओमानले नेपाललाई सुपर ओभरको राम्रो अनुभव गराउँदै ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ ।
भारतका विराट कोहलीले आइतबार सचिन तेन्दुलकरको नामको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका छन् । उनको उक्त प्रदर्शनको मद्दतमा अपराजित भारतले विश्वकपमा सेमिफाइनल स्थान बनाइसकेको अर्को टिम दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले हरायो ।
गुल्शन झाको आक्रामक र कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण अर्धशतकमा नेपालले ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा ओमानलाई १ सय ८५ रनको लक्ष्य दिन सफल भएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयमा गुल्शनले रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८४ रन बनाएको हो ।
नेपालले ओमानविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड विश्वकप क्रिकेट-२०२३ बाट बाहिरिएको छ । अस्ट्रेलियाले उसलाई ३३ रनले हराएपछि प्रतियोगितामा इंग्ल्यान्डको चुनौती समाप्त भएको हो । इंग्ल्यान्ड आफ्नो सातौं खेलमा पराजित रहेको यो छैटौं अवसर हो ।
विश्वकप क्रिकेट-२०२३ को वर्षाले प्रभावित खेलमा पाकिस्तानले डकवर्थ लेविस नियमअनुसार न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको छ । जितले पाकिस्तानको सेमिफाइनल सम्भावना अझै कायम रह्यो ।
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको हो ।
रहमत शाह र हसमतुल्लाह साहिदको अर्धशतकको मद्दतले अफगानिस्तानले नेदरल्यान्ड्सलाई विश्वकप क्रिकेट-२०२३ मा सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको होडमा कायम रह्यो । यो जितपछि अफगानिस्तानको सात खेलबाट ८ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ ।
नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो ।
नेपालले यूएईसँग बदला लिँदै अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट हुने अवसर पाएको छ । ओमानसँग ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर यूएईसँग खेल्नुपरेको हो ।
दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ मा बुधबार ठूलो अन्तरको जित निकालेको छ । लगभग एकपक्षीय खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी रहेको हो । यो जितपछि दक्षिण अफ्रिकाको सात खेलबाट १२ अंक भएको छ । न्युजिल्यान्ड भने लगातार तेस्रो हारपछि ८ अंकमै सीमित रह्यो ।
साहिन अफ्रिदीको तीन विकेट तथा फाखर जमान र अब्दुल्लाह सफिकको अर्धशतक मदतमा पाकिस्तानले विश्वकप २०२३ मा मंगलबार बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । लगातार खराब प्रदर्शनपछि यो जितले पाकिस्तान टोलीमा उत्साह थप्नेछ । जितपछि पाकिस्तानको ६ अंक भएको छ । टोली अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ ।
पाकिस्तान क्रिकेट टिमका प्रमुख छनोटकर्ता(चिफ सेलेक्टर) इन्जमाम-उल-हकले राजीनामा दिएका छन् । विश्वकप क्रिकेट चलिरहेका बेला सोमबार प्रमुख छनोटकर्ता इन्जमामले राजीनामा दिएको जी न्युज उर्दुले जनाएको छ ।
भारतले विश्वकप क्रिकेट २०२३ मा आफ्नो लगातार जितको क्रमलाई आइतबार छ खेल पुर्याएको छ । यसका लागि इंग्ल्यान्डलाई सय रनले हरायो । जितसँगै भारतको १२ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
नेदरल्यान्ड्सले विश्वकप क्रिकेट २०२३ मा अर्को स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा शनिबार बंगलादेशलाई ८७ रनले पराजित गरेको छ । यस विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो र यससँगै उसको ४ अंक भएको छ ।