काठमाडौँ — नेपालले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेदरल्यान्ड्सलाई ब्याटिङका लागि बोलाएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् ।
नेपाली टोलीमा इन्दु बर्मा, विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिशाकुमारी यादव, इश्वरी विष्ट, सीता रानामगर प्लेयिङ ११ मा खेलिरहेका छन् ।
नेपालले नेदरल्यान्ड्ससँग पहिलो पटक खेलिरहेको छ । विश्व महिला ट्वान्टी २० अन्तराष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १६ र नेपाल २० औं स्थानमा छ । नेदरल्यान्ड्स टोली नेपाल आएर पहिलो पटक खेलिरहेको हो ।
यस शृंखलाको तेस्रो टोलीमा थाइल्यान्ड रहेको छ । सहभागि टोलीले एक अर्कासँग तीन पटक खेल्ने छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।
