२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

वुमेन्स ट्वान्टी-२० सिरिज : नेपाल तान्जानियासँग पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वुमेन्स ट्वान्ट-२० सिरिजको आफ्नो पहिलो खेलमा बुधबार तान्जानियाको हातबाट २७ रनले पराजित गरेको छ । खराव सुरुआत गरेको नेपालका लागि सीता रानामगरले उत्कृष्ट खेल प्रस्तुत गर्दै खेलमा फर्काएकी थिइन् । तर उनले ३१ बलमा बनाएको ४३ रन पनि पर्याप्त रहेन र नेपालले १६.५ ओभरा सबै विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।

वुमेन्स ट्वान्टी-२० सिरिज : नेपाल तान्जानियासँग पराजित

नेपाल एक समय पाँच विकेट गुमाएर १७ रनको खराव स्थितिमा थियो । सीताले चार सुन्दर छक्का पनि प्रहार गरिन् । नेपालका लागि कप्तान इन्दु बर्माले १५ रन बनाइन् र यो नै नेपाली स्कोर बोर्डमा दोस्रो दोहोरो शतक रह्यो । तान्जानियाली बलरमध्ये सोफिया जेरोमीले तीन विकेट लिइन् भने निमा प्युसको नाममा दुई विकेट रह्यो ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा सात विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । त्यसमा होडा उमरीले सर्वाधिक २५ रन बनाइन् । उनले २६ बलको सामना गरेर दुई चौका प्रहार गरिन् । यस्तै आसिया मोहम्मदले २१ रन बनाइन् । नेपाली बलरमध्ये संगीता राईले दुई विकेट लिइन् ।

प्रकाशित : कार्तिक २९, २०८० १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?