१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको ढाकामा गरिएको कोभिड–१९ परिक्षणको नतिजा शनिबार ‘नेभेटिभ’ आएको छ । यो सँगै नेपाली टिमले अभ्यास सुरु गर्न सक्ने भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

ढाकामा रहेको नेपाली टिमको व्यवस्थापनका अनुसार बिहीबार गरिएको परीक्षणको नतिजा आइपुगेको हो । टिमले सम्भवत: आइतबार बेलुकादेखि अभ्यास सुरु गर्नेछ । यसका लागि अझै बंगलादेशको सरकारी निकायको अनुमति भने चाहिन्छ ।

नेपाली टिममा २५ खेलाडी छन् । ढाका पुगेयता नेपाली टिमले प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा आफू बसेको होटल एसियाको कौसीमा सामान्य अभ्यास गर्दै आएको थियो ।

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ । काठमाडौं छाड्न अगाडि गरिएको कोभिड–१९ परीक्षणमा सात खेलाडीको नतिजा ‘पोजिटिभ’ आएपछि तिनीहरू भने ढाका जान पाएनन् ।

यो पनि पढ्नुहोस्ः

नेपाली टिम दुई दिन होटलमै

प्रकाशित : कार्तिक २२, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?