काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १५ सय १२ कोरोना संक्रमित

कार्तिक २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६ सय २५ महिला र ८ सय ८७ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार २ सय ९०, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully