कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ जना विदेशी खेलाडीलाई आर्थिक सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण स्वदेश फर्कन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरेको हो ।

आर्थिक हिसाबमा समेत अप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो ।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको थियो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

प्रकाशित : कार्तिक १, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?