उपत्यकामा २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण

कार्तिक १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ —  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७४६ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित देखिएका हुन् । 

२४ घण्टाको अपडेटमा शुक्रबार २४ सय २ जनामा संक्रमण पुष्टि भएको थियो । 

शनिबार देशभरी थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख २९ हजार ३०४ संक्रमित थपिएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully