खेल मिलोमतोबाट टाढा रहन आईसीसीको चेतावनी

वैशाख ७, २०७७

एजेन्सी

दुबई — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरस संक्रमणका कारण विश्व क्रिकेट स्थगित भएको बेला खेलाडीलाई खेलमितो गर्न खोज्‍नेबाट अझ सतर्क हुनुपर्ने चेतावनी दिएको छ।

मार्च १५ यता माथिल्लो स्तरको क्रिकेट खेल स्थगित भएको छ । मार्च १५ मा पाकिस्तानी सुपर लिगको सेमिफाइनल र फाइनल रद्द गरिएको थियो । त्यसयता सबै खेलाडी फेरि क्रिकेट सुरु हुने प्रतिक्षामा छन् ।

आईसीसीको 'एन्टी करप्सन युनिट'का प्रमुख एलेक्स मार्सल यस्तो स्थितिमा खेल मिलोमतो गर्न खोज्‍ने अझ बढी सक्रिय हुन सक्‍ने बताए । उनले भनेका छन्, ‘कोभिड- १९ को प्रकोपका कारण विश्व क्रिकट त रोकिएको स्थितिमा छ, तर खेल मिलोमतो गर्ने खोज्‍ने अझै सक्रिय छन् ।’

क्रिकेट नभएको स्थितिमा खेलाडीको आम्दानी कम हुने हुनाले यो बेला खेल मिलोमतो गर्न खोज्‍ने बढी सक्रिय हुने र खेलाडीलाई लोभ्याउन सक्‍ने डर आईसीसीलाई रहेको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully