कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोकियो ओलम्पिकमा २४ वर्षसम्मका खेलाडीले खेल्न पाउने

एएफपी

टोकियो — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्को वर्ष हुने टोकियो ओलम्पिकको फुटबलमा सहभागी हुने पुरुष खेलाडीको उमेर २३ बाट बढाएर २४ पुर्‍याएको छ ।

टोकियो ओलम्पिकमा २४ वर्षसम्मका खेलाडीले खेल्न पाउने

कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो ।

त्यसै कारण खेलाडीको उमेर खुकुलो पारेर एक वर्ष बढाइएको हो । अब यस वर्ष २३ वर्ष पुगेर ओलम्पिक्स खेल्न योग्य खेलाडीले पनि अर्को वर्ष टोकियोमा खेल्न पाउने छन् ।

ओलम्पिक्स पुरुष फुटबल टिम १६ सदस्यीय हुनेछ र त्यसमा तीन जना बढी उमेरका खेलाडीले पनि खेल्ने पाउने नियम हुन्छ । टोकियो ओलम्पिक्स अब सन् २०२१ को जुलाइ २३ बाट सुरु हुनेछ ।

प्रकाशित : चैत्र २२, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?