कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोकियो ओलम्पिक्सको नयाँ मिति तय

एजेन्सी

टोकियो — टोकियो ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सारिएको हो ।

टोकियो ओलम्पिक्सको नयाँ मिति तय

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक्स २०२० नै रहनेछ ।

अब प्यारा ओलम्पिक्स भने सन् २०२१ को अगस्टे २४ देखि सेप्टेम्बर ५ सम्म हुनेछ । आईओसी अध्यक्ष थोमस बाखले नयाँ मितिमा ओलम्पिक्स आयोजना गर्नु चुनौतीपूर्ण हुने बताउँदै यसमा सबैको सहयोग प्राप्त हुने विश्वास पोखेका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?