२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कालीमाटी र सिसुवामा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — बिहीबार रातिदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड शुक्रबार बिहानैबाट अवरुद्ध भएको छ ।

कालीमाटी र सिसुवामा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

तिनाउ गाउँपालिका–५, मस्याम कालीमाटीनजिक र तिनाउ–६, सिसुवामा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको प्रभास प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक एक्काबहादुर नेपालीले बताए ।

कालीमाटीनजिक गत चैतमा सडक चौडा गर्न घुम्ती काटिएको थियो । सडक चौडा गरेको स्थानमा माथिल्लो भागबाट ढुंगा, माटोसहित पहिरो खसेको छ । यसअघि पनि पटकपटक यही स्थानमा पहिरो खसेको थियो । सडक डिभिजनको समन्वयमा सडकमा खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । ‘पहिरो ठूलो खसेकाले पन्छाउन कम्तीमा चार घण्टा लाग्छ,’ नेपालीले भने । सिसुवा नजिकै केही दिनयता पहिरो खस्न सुरु गरेको हो । उक्त स्थानमा पुन: पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा राजमार्गमा सवारी साधन र यात्रु अलपत्र छन् । रुपन्देहीको बुटवल बजार क्षेत्र सिल भएकाले राजमार्गमा धेरै सवारी साधन अलपत्र रहेको प्रहरी चौकी प्रभासका प्रमुख नेपालीले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?