कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा २२ सहित गण्डकीमा थप ३७ जनामा कोरोना

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान नयाँ संक्रमितको पुष्टि गरेको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको छ ।

स्याङ्जामा २२ सहित गण्डकीमा थप ३७ जनामा कोरोना

निर्देशनालयका अनुसार संक्रमितमा सबैभन्दा बढी स्याङ्जामा २२ थपिएका हुन । यसैगरी पर्वतका १३ र तनहुँ र पूर्वी नवलपरासीका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमितमा ३ वर्षदेखि ६६ वर्ष उमेरसमुहका सबै पुरुष छन् ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार प्रदेशका मनाङ र मुस्ताङमा कुनै पनि संक्रमण देखिएको छैन । सबैभन्दा बढी स्याङ्जामा ६० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बागलुङमा ४०, पूर्वी नवलपरासीमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा ३ र लमजुङमा एकजना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ११ जना निको भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।


प्रकाशित : जेष्ठ ३०, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?