लोकतान्त्रिक पार्टी फुटाउने षड्यन्त्र भएको ओलीको दाबी

ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विगतमा मुस्किलले एकता गरे पनि तत्काल फुटेको बताए ।

असार १४, २०८३

गंगा बीसी

Oli claims there is a conspiracy to split the Democratic Party

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्क्रिक शक्ति फुटाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विगतमा मुस्किलले एकता गरे पनि तत्काल फुटेको बताए । 

‘लोकतान्त्रिक शक्तिहरु मिल्न नदिन र अरुलाई फुटाउने कोसिस हुन सक्छ । मुस्किलले एकता गर्‍यो, चम्किँदैन फुटेको देखेका छौं,’ उनले भने, ‘कसैले हात हाल्न खोज्दैमा हामीले चिन्छौ र पराजित गर्छौं । एमाले एकताबद्ध छ, सुदृढ छ । चुनावमा धक्का खाएका छौं तर हारेका छैनौं । हामी लडेका छौं । मरेका छैनौं ।’

मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सम्बन्धित समाचार

गंगा

Link copied successfully