अहिल्यै वाम सहकार्य गरौं, ढिला गरे दुर्घटना हुनेवाला छ : दाहाल

नेकपा संयोजक पुष्पकमल दाहालले भने, 'बिनासमीक्षा एकता गर्ने पक्षमा छैन । हतारमा एकता र फुर्सदमा रुने गर्नु हुँदैन ।'

असार १४, २०८३

कान्तिपुर संवाददाता

Let's cooperate with the Left now, if we delay, there will be an accident: Dahal

काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालले छिट्टै वामपन्थीबीच सहकार्य गर्नुपर्ने बताएका छन् । मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा बोल्दै दाहालले वामपन्थीबीच सहकार्य गर्न ढिलाइ भए ठूलो क्षति हुने बताए । 

‘यो परिस्थितिमा ढिलो नगरी निरंकुशताविरुद्ध, वैदेशिक दबाबविरुद्ध वामपन्थी एक हुनुपर्छ । ढिला गरे ठूलो गल्ती हुनेछ । मैले भोलि नै एकता गरौं भनेको छैन । सहकार्य सकिन्छ भने आजै गरौं, भरे, भोलि गरौं । संसद्, सडक र चुनावमा गरौं । ढिला गरे, दुर्घटना भयानक हुनेवाला छ,’ उनले भने, ‘सहकार्यको निम्ति एक हुर्नेपर्छ । हामी नै ०७४ मा समाजवादका लागि मिलेको हो । एकताप्रति दुई तिहाइ मत दिएर अनुमोदन गरेको हो । आज फेरि एकपटक समीक्षा गर्ने पक्षमा छु । बिनासमीक्षा एकता गर्ने पक्षमा छैन । हतारमा एकता र फुर्सदमा रुने गर्नु हुँदैन ।' पञ्चायन, निरंकुशताविरुद्ध मिलेर सफलता प्राप्त गरेको उनको भनाइ थियो ।

उनले राष्ट्रिय स्वाधिनतामाथि संकट परेकाले सहकार्य आवश्यक भएकामा जोड दिए ।

‘देशमा ठूलो राजनीतिक घटनाक्रम, प्र तिक्रान्तिकारी घटनाक्रम  बढिरहेको छ । राष्ट्रिय स्वाधीनता संकटमा छ । सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पीडित वर्गमाथि प्रहार गर्न उद्यत हुँदै गएको छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully