उपसभामुखमा राप्रपा उम्मेदवार लामालाई ५ भोट

प्रतिनिधिसभामा राप्रपाका सांसदको संख्या ५ रहेको छ ।

चैत्र २७, २०८२

कान्तिपुर संवाददाता

5 votes for RPP candidate Lama for Deputy Speaker

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा रास्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी सरस्वती लामाको पक्षमा ५ भोट मात्रै परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निर्वाचनका लागि शुक्रबार मत विभाजन हुँदा राप्रपा उम्मेदवारको पक्षमा ५ मत मात्रै परेको हो । 

सभामुख डीपी अर्यालले उपसभामुख उम्मेदवार लामाको पक्षमा ५ मत परेको र विपक्षमा २ सय १५ मत परेको जानकारी दिए । लामालाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा तटस्थ बस्ने (प्रस्तावमा मत दिन्नँ) भन्ने सांसदको संख्या ३७ रहेको सभामुख अर्यालले घोषणा गरेका थिए ।

प्रतिनिधिसभामा राप्रपाका सांसदको संख्या ५ रहेको छ । लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रस्ताव राखेका थिए ।

प्रतिनिधिसभामा लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन गर्दा २ सय ५७ सांसद उपस्थित थिए । प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । सभामुखले मतविभाजनमा भाग लिँदैनन् । 

उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुवीकुमारीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतविभाजनको प्रक्रिया सुरु भएको छ । 

कान्तिपुर

Link copied successfully