प्रारम्भिक गणनामा समानुपातिक तर्फ रास्वपालाई ५६.८३ प्रतिशत 

३९ हजार ४ सय ८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४ सय ४२ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ७ हजार ५ सय ५ मत प्राप्त गरेको छ ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

In the preliminary count, the RSVP won 56.83 percent of the proportional representation seats.

काठमाडौँ — प्रत्यक्षतर्फ १ सय बढी अग्रता कायम गर्दै १५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । प्रारम्भिक मत गणनाको तथ्यांक अनुसार रास्वपाले ५६.८३ प्रतिशत मत पाएको छ । 

३९ हजार ४ सय ८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४ सय ४२ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ७ हजार ५ सय ५ मत प्राप्त गरेको छ । 

यो गणना भएको मतमध्ये १९ प्रतिशत मात्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा राप्रपा देखिएको छ । राप्रपाले ३ हजार १सय ६९ मत पाएको छ । राप्रपापछि नेकपा एमाले छ । एमालेले २ हजार ९ सय ९० मत पाएको छ । एमालेपछि श्रम संस्कृति पार्टीले मत पाएको छ । उसले ९ सय ६० मत पाएको छ । नेकपाले ९ सय ५१ मत पाएको छ ।

कान्तिपुर

Link copied successfully