दाङ-१ मा देवराज पाठक, दाङ २ मा विपिन आचार्य र दाङ ३ मा कमल सुवेदी अगाडि
दाङ — दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका देवराज पाठकको अग्रता जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १७ हजार ८ सय २६ मत मतगणना हुँदा रास्वपाका पाठकले १० हजार ७ सय ४३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र चौधरीले ३ हजार २ सय १७ मत पाएका छन् । नेकपा एमालेका रेवतीरमण शर्माले १ सय ३९ मत प्राप्त गर्दा नेकपाका मेटमणि चौधरीले १ सय १ सय ९ मत प्राप्त गरेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाकै अग्रता रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन आचार्यले ८ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । एमालेका महासचिव शंकर पोख्रेलले ३ हजार १ सय ५९ मत ल्याएका छन् भने कांग्रेसका किरणकिशोर घिमिरेले २ हजार ४७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ९ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार कमल सुवेदीले ४ हजार ६ सय ६९ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने कांग्रेसका दीपक गिरीले २ हजार १ सय १ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
यसैगरी एमालेका घनश्याम पाण्डेले १ सय ४ सय १६ र नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ७ सय ८५ मत प्राप्त गरेका छन् ।
