कांग्रेस घोषणापत्रमाथि सवाल-जवाफ भोलि, प्रश्नहरूको जवाफ सभापति थापाले दिने 

सभापति थापाले आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा घोषणापत्रको संक्षिप्त अंश मात्रै सार्वजनिक गर्नेछन् ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Q&A on Congress manifesto tomorrow, President Thapa will answer questions

काठमाडौं — कांग्रेसले घोषणापत्र (प्रतिज्ञापत्र)माथि भाेलि बिहीबार सवालजवाफ कार्यक्रम राखेको छ । राष्ट्रियसभा गृहमा भाेलि दिउँसो १ बजे राखिएको कार्यक्रममा कांग्रेस सभापति गगन थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले बताए ।

सभापति थापाले आज जनकपुरमा आयोजित प्रतिज्ञा सभामा घोषणापत्रको संक्षिप्त अंश मात्रै सार्वजनिक गर्ने छन् । थापाले केहीबेरपछि जनकपुरबाट घोषणापत्र सार्वजनिक गर्दैछन् । 

‘आज संक्षिप्त रुपमा सार्वजनिक हुन्छ, भोलि हामी त्यसको विस्तृत अंश सार्वजनिक गर्छौं, त्यसमाथिको प्रश्नोत्तरको जवाफ सभापतिबाटै दिने गरेर कार्यक्रम आयोजना गरेका छौं,’ चालिसेले भने । केही छिनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा पनि संक्षिप्त रुप मात्रै घोषणापत्र सार्वजनिक गरिने चालिसले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully