कांग्रेसभित्र बृहत् एकता भएको दाबी
काठमाडौँ — कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादवले कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट निर्वाचन उठेर मधेशलाई सम्मानित बनाएको बताए ।
यादवले बुधबार आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै अहिलेको निर्वाचन सामान्य नभएको बताए ।
नयाँ पार्टीले चुनाव जितेमा समानुपातिक, समावेशीता र संघीय संरचना समाप्त पार्ने उनले आरोपसमेत लगाए । कांग्रेसभित्र बृहत् एकता भएको भन्दै अबको निर्वाचनमा कांग्रेसले सय पार गर्ने बताए ।
