'हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौं । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
काठमाडौँ — एमालेका उपमहासचिव योगेश भट्टराईले उपयुक्त समय आएपछि एमालेको नेतृत्व बदल्ने बताएका छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिनको अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ मा बोल्दै उनले भने, ‘हामीलाई आउटडेटेड हुने छुट छैन त्यसैले अपेडेटेड हुन्छौं । आज हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौं । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
नवौं महाधिवेशनमा नयाँ पुस्ताका साथीहरूले अगाडि सारेको विचार नै पारित भएको उनले बताए । राजनीतिक दलहरू समयानुकूल सुधारिनुपर्ने भन्दै उनले भने, 'राजनीतिक दल सुधारिनु भनेको नेतृत्व परिवर्तन गर्नु भने होइन ।'
