सच्चिएको कांग्रेसले जनताको मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल

'राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन ।'

माघ २४, २०८२

कान्तिपुर संवाददाता

A true Nepali Congress will win both the hearts and votes of the people: General Secretary Poudel

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आमजनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन्।

शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै उनले उक्त दाबी गरेका हुन् । नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी कांग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गरे । उजले पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि देशको रुपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए । महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली कांग्रेसलाई देश रुपान्तरणका लागि बल प्रदान गर्नुपर्ने बताए । 

‘म कांग्रेसका तमाम साथीहरुलाई आग्रह गर्न चाहन्छु–तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईंले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । कांग्रेसमा त्यो रुपान्तरण भएस्को छ । अब रुपान्तरित कांग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस् । मत दिएर तागत प्रदा गर्नुस्,' उनले भने, 'हामीले आम मतदातालाई त्यो भन्न जरुरी छ । राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरु पनि पछिल्लो पुस्ताकै हौँ तुलनात्मक हिसाबबाट । तर हामी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौँ ।’

महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व तर युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर समेत गरे ।

कान्तिपुर

Link copied successfully