विशेष महाधिवेशनको औचित्य छैन भनेर केन्द्रीय कार्यसम्पादन समितिले भनिसक्यो : एनपी साउद

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकेर निस्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

The Central Working Committee has already said that there is no justification for a special general convention: NP Saud

What you should know

काठमाडौँ — कांग्रेस नेता एनपी साउदले विशेष महाधिवेशनको औचित्य नभएको भनेर केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको दाबी गरेका छन्।

उनले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको बताउँदै महामन्त्रीहरूले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय मान्नुहुने विश्वास भएको बताए। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकेर निस्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूहरू नियमित महाधिवेशनमा जान तयार रहेको बताए। कार्यतालिका संशोधन गरेर आफूहरू नियमित महाधिवेशनमै जाने र कार्यतालिका संशोधन गरेर भए पनि नियमित महाधिवेशन गराउने बताए।

मंगलबार नै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका थिए । कांग्रेसका विशेष महाधिवेशनपक्षर नेताहरुले पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था रहेको दाबी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । 

सम्बन्धित समाचार

नेताहरुले भने– ‘पार्टी निर्णय कि विधानको सर्वोच्चता ?’

कांग्रेसका ५ प्रदेश सभापतिद्वारा नियमित महाधिवेशनको तयारी गर्न अनुरोध

परिवर्तनको अडान, विभाजनको जोखिम : द्वन्द्वमा गगन थापा


कान्तिपुर संवाददाता

Link copied successfully