कांग्रेसका ५ प्रदेश सभापतिद्वारा नियमित महाधिवेशनको तयारी गर्न अनुरोध

केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को निर्णय अनुसार २०८३ वैशाख २८-३१ मा नियमित महाधिवेशन हुने भएकोले त्यसअघि विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै उनीहरुले उक्त अनुरोध गरेका हुन् ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

5 provincial presidents of Nepali Congress request to prepare for regular general convention

काठमाडौँ — नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरुले देशभरका नेताहरुलाई नियमित महाधिवेशनको तयारीमा जुट्न अनुरोध गरेका छन् । यसका साथै फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्नसमेत उनीहरुले अनुरोध गरेका छन् ।

उनीहरुले केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को निर्णय अनुसार २०८३ वैशाख २८-३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकोले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको भन्दै उक्त अनुरोध गरेका हुन् ।

उक्त अनुरोध गर्ने प्रदेश सभापतिहरुमा कोशीका उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर रहेका छन् ।

5 provincial presidents of Nepali Congress request to prepare for regular general convention

कान्तिपुर

Link copied successfully