हामी यसपटक साँच्चै नै ‘म्याजिक’ गर्ने तयारीमा छौँ : सभापति लामिछाने

'पार्टीभित्र गुटउपगुटको कुरा गर्ने युगबाट हामी बाहिर निस्किनु पर्छ, योगदानको मूल्य माग्ने बेला भएको छैन ।'

पुस २१, २०८२

कान्तिपुर संवाददाता

We are really preparing to do 'magic' this time: Chairman Lamichhane

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा चमत्कार गर्ने सभापति रवि लामिछानेले बताएका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा लामिछानेले आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले चमत्कारिक नतिजा हासिल गर्ने दाबी गरे ।

आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी एकढिक्का भएर लाग्नुपर्ने पनि सभापति लामिछानेको भनाइ थियो । ‘इतिहासको यो सङ्गीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको बेलामा डिस्टर्ब गर्ने होइन,’ उनले भने, ‘ब्यालेट बक्समा भेटौँ । ब्यालेट खोलौँ । ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ । ब्यालेटमा मतपत्रमा अलमल नगरिकन घन्टीमा हाल्नका लागि हामी तयार छौँ । हामी यसपटक साँच्चै नै म्याजिक गर्ने तयारीमा छौँ ।’

पार्टीमा गुट–उपगुट हुन नहुने लामिछानेको भनाइ थियो । ‘पार्टीभित्र गुट–उपगुटको कुरा गर्ने युगबाट हामी बाहिर निस्किनुपर्छ । योगदानको मूल्य माग्ने बेला भएको छैन । देशलाई योगदान दिने बेला भएको छ । नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो,’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी र थारु अभियन्ताहरूलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा लामिछानेले नेताहरूलाई उपयुक्त जिम्मेवारी दिइने बताए । चुनावलाई लक्षित गरेर भन्दा पनि देशको अवस्था बदल्नका लागि पार्टीमा आउन उनले आह्वान गरेका थिए ।

सम्बन्धित समाचार

रास्वपा पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्ने रवि र बालेनबीच सहमति

रवि-बालेन सम्झौता : पार्टी नेतृत्वमा रवि, प्रधानमन्त्री उम्मेदवार बालेन [पूर्णपाठ]

कान्तिपुर

Link copied successfully