बर्दियामा नेकपाबाट वामदेव गौतमसहित १३ जनाको नाम सिफारिस

प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फ वामदेव गौतम, शक्तिबहादुर बस्नेत, सन्तकुमार थारू, इन्दिरा सुवेदी, बालकृष्ण खनाल र रेशम अधिकारीसहित ६ जनाको नाम सिफारिस

पुस १५, २०८२

कमल पन्थी

NCP recommends names of 13 people, including Bamdev Gautam, in Bardiya

बर्दिया — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा, बर्दियाले प्रतिनिधिसभा,राष्ट्रिय सभा र समानुपातिक उम्मेदवार तर्फको नाम सिफारिस टुंग्याएको छ । 

बर्दियामा २ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फ वामदेव गौतम, शक्तिबहादुर बस्नेत, सन्तकुमार थारू, इन्दिरा सुवेदी, बालकृष्ण खनाल र रेशम अधिकारीसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ तर्फ दुर्गाबहादुर थारू, लोकराज जैशी, सुरेश पन्थ, चिन्तामणि आचार्य, बमबहादुर रावल, सञ्जय थारू र सीता कुमारी अर्यालसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय सभातर्फ बुद्धिसागर अधिकारी, बैझनाथ झा, भवनकुमार थारू, अमर कामी, अतिक अहम्मद सिद्दीकी र राजेन्द्रसिंह लामिछानेको नाम सिफारिस गरिएको नेकपाका अध्यक्ष भवनकुमार थारुले बताए  ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully