रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ : हर्क साम्पाङ

धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोपसमेत लगाए ।

पुस ११, २०८२

भानुभक्त निरौला

I will never get along with Ravi, Balen and Kulman: Hark Sampang

सोलुखुम्बु — श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ शक्तिको रुपमा उदाउन कोसिसमा रहेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै हालतमा नमिल्ने बताएका छन् । 

सदरमुकाम सल्लेरीमा शुक्रबार श्रम संस्कृति पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोपसमेत लगाए । आफू देशको माटोसँग सम्झौता नगर्ने भन्दै उनले आउने चुनावमा एक्लै होमिने उद्घोष पनि गरे । भाषणको अधिकांश समय नयाँहरुलाई गाली गर्न खर्चेका साम्पाङले अबको चुनावमा एक्लै होमिएर उल्लेख्य सिट ल्याउने जिकिर गरे । 

अहिले पुराना शक्तिहरु देश दोहन गर्न लागेको, नयाँहरु विदेशीको रणभूमि बनाउन लागेको र आफूमात्रै देशको सच्चा शक्ति भएको दाबी गर्दै उनले आत्मानिर्भरता बढाउने आफ्नो अभियान भएको बताए । विदेशी उत्पादनको परनिर्भरता बढेको भन्दै उनले श्रम संस्कृतिमार्फत स्वदेशलाई आत्मानिर्भर बनाउन आफ्नो पार्टीले भूमिका खेल्ने धारणा राखे । 

कार्यक्रममा जिल्लाको पुराना वामपन्थी नेता भिम किराँतले पनि श्रम संस्कृति पार्टीमा सामेल भएको बताए । 

भानुभक्त निरौला

Link copied successfully