एमाले महासचिवमा दोहोरिए शंकर पोखरेल

उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Shankar Pokharel re-elected as UML General Secretary

काठमाडौँ — एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव थिए ।

उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

एमालेको ११औं महाधिवेशनमा आज बिहानैदेखि मतगणना सुरु भएको थियो। केहीबेरअघि अन्तिम नतिजा सार्वजनिक भएको हो ।

पोखरेल केपी शर्मा ओली र पाण्डे ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।

यसअघि काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा सुरेन्द्र पाण्डे झिनो मतान्तरले महासचिवमा पराजित भएका थिए । त्यतिबेला महासचिवमा ओली प्यानलबाट ईश्वर पोखरेल र नेपाल प्यानलबाट पाण्डे प्रतिस्पर्धी थिए । पोखरेलले १०३६ मत पाउँदा पाण्डेले १०३० मत पाएका थिए । सौराहामा २०७८ मा आयोजित दसौँ महाधिवेशनमा भने पाण्डे ओली प्यानलबाटै उपाध्यक्षमा निर्वाचित भएका थिए ।

कान्तिपुर

Link copied successfully