यसअघि पदाधिकारीहरुबीच नियमित महाधिवेशनकै लागि सहमति जुटेमा हस्ताक्षर बुझाउने कि नबुझाउने भन्ने अन्योल थियो ।
काठमाडौँ — आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्ने बहस कांग्रेसमा चलिरहेका बेला विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका युवा नेताहरुले केन्द्रीय कार्यसमितिको बैठक अगाडि नै हस्ताक्षर बुझाउने निर्णय लिएका छन् ।
हस्ताक्षर अभियानको नेतृत्व गरेका युवा नेता गुरुराज घिमिरेले पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीको जस्तो निर्णय आए पनि हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउनुको कारण उल्लेख गरेर निवेदन दिने बताए ।
यसअघि पदाधिकारीहरुबीच नियमित महाधिवेशनकै लागि सहमति जुटेमा हस्ताक्षर बुझाउने कि नबुझाउने भन्ने अन्योल थियो ।
‘अब नियमित महाधिवेशनको तालिका ल्याउने भए पनि हामीले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउने निर्णय लियौं,’ घिमिरेले भने, ‘आइतबार वा सोमबार नै हामी केन्द्रीय कार्यालयमा पचास प्रतिशत बढीको हस्ताक्षरसहित निवेदन दिन्छौँ ।
