कांग्रेसको युवा उमेर समूहले भन्यो- '४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर'

युवाहरूले पार्टीमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने, विधानलाई समायनुकुल परिमार्जन गर्नुपर्ने, पार्टी सभापति र संसदीय दलको नेता अलग-अलग व्यक्ति हुने व्यवस्था गर्नुपर्ने लगायत मागहरू अघि सारेका छन्।

आश्विन २५, २०८२

न्युज एजेन्सी नेपाल

Congress youth group said - 'Ensure 40 percent youth participation'

काठमाडौँ — नेपाली कांग्रेसका युवाहरूले विधान संशोधन गरेर पार्टीमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। आइतबारदेखि बस्ने पार्टीको केन्द्रीय समिति बैठकले जेन-जी आन्दोलनपछिको अवस्थालाई गम्भीर समीक्षा गर्दै युवामैत्री पार्टी निर्माण गर्न माग गरेका हुन्।  

इन्जिनियरद्वय आकाश उप्रेती र सागर शमशेर शाही, अनुप सुनुवार, महेन्द्र सिंह लगायतका युवा नेताहरूले शनिबार प्ले-कार्डसहित केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए भने युवा सहभागिता सुनिश्चित गर्न पदाधिकारीहरुलाई ध्यानाकर्षण गराएका थिए।

युवाहरूले पार्टीमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने, विधानलाई समायनुकुल परिमार्जन गर्नुपर्ने, पार्टी सभापति र संसदीय दलको नेता अलग-अलग व्यक्ति हुने व्यवस्था गर्नुपर्ने लगायत मागहरू अघि सारेका छन्।

'विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधिमूलक पदहरू, सबै तहका समितिहरू, संसदीय समितिहरू तथा पार्टीको विभागहरूमा अनिवार्य रुपमा ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित सुनिश्चित हुनुपर्छ, सबै तहका निर्वाचनमा कम्तिमा पनि ४० प्रतिशत युवाहरूलाई टिकट दिने व्यवस्था विधानमा हुनुपर्छ,' उनीहरूको माग छ।

हालको विधानअनुसार क्रियाशील सदस्यता लिएलगत्तै वडादेखि केन्द्रसम्म सभापतिसहित पदाधिकारीमा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था रहेको भन्दै युवा सहभागिता बढाउनका लागि तत्काल उक्त व्यवस्था खारेज गर्नुपर्ने माग गरेका छन्। 

त्यस्तै, हालका पदाधिकारीहरू स्वत: महाधिवेशन प्रतिनिधि रहने व्यवस्था समेत खारेज गर्नुपर्ने युवाहरूको माग छ। 

न्युज एजेन्सी नेपाल

Link copied successfully