कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन सारियो

मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयलाई लिएर पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ ।

आश्विन २५, २०८२

कान्तिपुर संवाददाता

Congress central working committee meeting has been postponed for two days

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन सारिएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको तीन दिनदेखि जारी बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न नसकेपछि बैठक सारिएको हो । 

मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयलाई लिएर पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ । संस्थापनइतरपक्षले नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको प्रक्रियाअघि बढाउने भनिरहेको छ । विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षरको कडा विरोध गर्दै आएको संस्थापनपक्षले मंसिरभित्रै नियमित महाधिवेशन गर्न पनि व्यवहारिक कठिनाइ हुने जनाउँदै आएको छ । 

यता संस्थापनइतरपक्षका युवा नेताहरुले ५० प्रतिशत हस्ताक्षर पुर्‍याइसकेको दाबी गरेका छन् । हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेका अनुसार केन्द्रीय कार्यसमितिको बैठक अगाडि कारणसहित विशेष महाधिवेशनका लागि निवेदन दिने तयारी छ । ‘केन्द्रीय कार्यसमितिले मंसिरभित्रै नियमित महाधिवेशन गर्ने विश्वसनीय एजेन्डासहित तिथिमिति तोकेर निर्णय लिएमा विचार गर्न सकिन्छ तर महाधिवेशन हुने सुनिश्चितता हुनुपर्छ । त्यस्तो कार्यतालिकासहित निर्णय आएमा के गर्ने भन्नेबारेमा अहिले हामी छलफलमै छौं । केन्द्रीय कार्यसमितिले निर्णय लिए पनि विशेष महाधिवेशनका लागि निवेदन दर्ता हुन पनि सक्छ,’ घिमिरेले भने,‘केन्द्रीय कार्यसमितिको बैठक सरेपछि आइतबार नै दर्ता गर्ने वा सोमबार भन्ने विषयमा विचार गर्दैछौं ।’

कान्तिपुर

Link copied successfully