मदन भण्डारी राजमार्ग : सिन्धुलीमा समस्या, मकवानपुरतिर सरर

जेष्ठ २९, २०८२

राजकुमार कार्की, विमल खतिवडा, तस्बिर : हेमन्त श्रेष्ठ

Madan Bhandari Highway: Trouble at Sindhuli, moving towards Makwanpur

सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली–हेटौँडा जोड्ने १ सय २० किलोमिटरमध्ये डेढ किलोमिटर सडक अझै बन्न सकेको छैन । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट हेटौँडातर्फ लाग्दै जाँदा आधा दर्जनभन्दा बढी स्थानमा समस्या देखिन्छ । यद्यपि सिन्धुलीतर्फ ८५ र हेटौँडातर्फ ३५ किलोमिटर सडक पर्छ । सुरुमा स्थानीयले अवरोध गरेकाले उक्त डेढ किलोमिटर खण्डको सडक कालोपत्र गर्न सकिएको थिएन । अहिले स्थानीयले सहमति जनाए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन ।

Madan Bhandari Highway: Trouble at Sindhuli, moving towards Makwanpur

यसका कारण पहिला जस्तो अवस्था यथावत् रहँदै आएको छ । नबनेको डेढ किलोमिटर सडक पार गरेपछि भने कच्ची सडकको हतपत सामना गर्नुपर्दैन । दुई लेनको कालोपत्र सडक पार गर्दै सहजै हेटौँडा पुग्न सकिन्छ । यो खण्ड भएर सवारीसाधनको ओहोरदोहोर कमै हुने भएकाले ट्राफिक जामको सास्ती झेल्नुपर्दैन । सुरुमा सिन्धुलीतर्फको केही भागमा समस्या देखिए पनि अहिले त्यो समस्या नरहेको कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए ।

Madan Bhandari Highway: Trouble at Sindhuli, moving towards Makwanpur

कमलामाई नगरपालिकाको वडा नम्बर ४ र ६ का चार स्थानमा सडक निर्माण हुन सकेको छैन ।

Madan Bhandari Highway: Trouble at Sindhuli, moving towards Makwanpur

छुटेका खण्डहरूमा काम गर्न बजेट माग गरिएकोमा यस वर्ष परेन । आगामी वर्षका लागि सडक विभागमा स्वीकृति माग्ने तयारी भइरहेको डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख गुरु अधिकारीले जानकारी दिएका छन् । सिन्धुलीबाट हेटौँडासम्म कतै बस्ती त कतै जङ्गल हुँदै यो राजमार्ग निर्माण गरिएको हो । जङ्गलभित्र निर्माण गरिएको सडकमा भिडियो तथा तस्बिर खिच्नेहरूको भिड लाग्ने गर्छ । उक्त सडकले धेरैको ध्यान तान्ने गरेको छ । सिन्धुली खण्डको डेढ किलोमिटर सडकको समस्या छिटो टुङ्ग्याएर सबै सडक दुरुस्त बनाउन सकेमा चालक तथा यात्रुले सास्ती खेप्नुपर्ने थिएन ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully