We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Out of the 120 kilometers connecting Sindhuli-Hetauda under the Madan Bhandari highway, one and a half kilometers of road has not yet been constructed. As Sindhuli headquarter Sindhulimadi moves towards Hetauda, problems are seen in more than half a dozen places. However, the road is 85 km towards Sindhuli and 35 km towards Hetauda. In the beginning, the one and a half kilometer section of the road could not be paved due to obstruction by the locals. Now, although the locals have agreed, the work has not been able to proceed due to lack of budget.
यसका कारण पहिला जस्तो अवस्था यथावत् रहँदै आएको छ । नबनेको डेढ किलोमिटर सडक पार गरेपछि भने कच्ची सडकको हतपत सामना गर्नुपर्दैन । दुई लेनको कालोपत्र सडक पार गर्दै सहजै हेटौँडा पुग्न सकिन्छ । यो खण्ड भएर सवारीसाधनको ओहोरदोहोर कमै हुने भएकाले ट्राफिक जामको सास्ती झेल्नुपर्दैन । सुरुमा सिन्धुलीतर्फको केही भागमा समस्या देखिए पनि अहिले त्यो समस्या नरहेको कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए ।
छुटेका खण्डहरूमा काम गर्न बजेट माग गरिएकोमा यस वर्ष परेन । आगामी वर्षका लागि सडक विभागमा स्वीकृति माग्ने तयारी भइरहेको डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख गुरु अधिकारीले जानकारी दिएका छन् । सिन्धुलीबाट हेटौँडासम्म कतै बस्ती त कतै जङ्गल हुँदै यो राजमार्ग निर्माण गरिएको हो । जङ्गलभित्र निर्माण गरिएको सडकमा भिडियो तथा तस्बिर खिच्नेहरूको भिड लाग्ने गर्छ । उक्त सडकले धेरैको ध्यान तान्ने गरेको छ । सिन्धुली खण्डको डेढ किलोमिटर सडकको समस्या छिटो टुङ्ग्याएर सबै सडक दुरुस्त बनाउन सकेमा चालक तथा यात्रुले सास्ती खेप्नुपर्ने थिएन ।


