ज्वरोमात्रै जाँच गरेर पठाइयो
महेन्द्रनगर — लकडाउनपछि लामो समय सीमामा रोकिएका भारतबाट फर्किने नेपालीको ताँती अहिले सीमापार हुनथालेको छ । भारतमा रेल संचालन भएपछि सीमा क्षेत्रमा आउनेको संख्या बढेसँगै सीमा पार गर्नेको चाप पनि बढेको हो । झन्डै दुई महिना लामो लकडाउनमा रोकिएका नेपालीलाई अहिले भने सरकारले बिना कोरोना परीक्षण ज्वरो नापेको भरमा प्रवेश गर्न दिएको छ ।
प्रवेश पाउन थालेपछि आउनेको क्रमपनि बढेको छ । कञ्चनपुरको महेन्द्रनगर नजिकको नाका गड्डाचौकीबाट झन्डै ३ हजार र कैलालीको धनगढी नजिकको नाका गौरीफन्टाबाट २२ सय जना भित्रिएका छन् । उनीहरुको सामान्य ज्वरोमात्र नापिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । उनीहरु सिधै आआफ्ना घर गएका छन् ।

