कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा सोमबार एकैदिन भित्रिए ५ हजार

ज्वरोमात्रै जाँच गरेर पठाइयो
भवानी भट्ट

महेन्द्रनगर — लकडाउनपछि लामो समय सीमामा रोकिएका भारतबाट फर्किने नेपालीको ताँती अहिले सीमापार हुनथालेको छ । भारतमा रेल संचालन भएपछि सीमा क्षेत्रमा आउनेको संख्या बढेसँगै सीमा पार गर्नेको चाप पनि बढेको हो । झन्डै दुई महिना लामो लकडाउनमा रोकिएका नेपालीलाई अहिले भने सरकारले बिना कोरोना परीक्षण ज्वरो नापेको भरमा प्रवेश गर्न दिएको छ ।

गड्डाचौकीबाट सोमबार फर्किएका नेपालीहरु । तस्बिरहरु : भवानी भट्ट

प्रवेश पाउन थालेपछि आउनेको क्रमपनि बढेको छ । कञ्चनपुरको महेन्द्रनगर नजिकको नाका गड्डाचौकीबाट झन्डै ३ हजार र कैलालीको धनगढी नजिकको नाका गौरीफन्टाबाट २२ सय जना भित्रिएका छन् । उनीहरुको सामान्य ज्वरोमात्र नापिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । उनीहरु सिधै आआफ्ना घर गएका छन् ।

यो एक सातामा मात्रै गौरीफन्टा नाकाबाट १० हजार जना नेपाली घर फर्किएका छन् । सरकारले देश फर्किनेको परीक्षण गरेर क्वारेन्टाइनमा बस्ने गरी ल्याउने भने पनि उनीहरुको सामान्य ज्वरो मात्रै नाप गरिएको छ । अन्य परीक्षण गरिएको छैन । नेपालमा सोमबार कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्