लकडाउनका ४० दिनका ४० तस्बिर

वैशाख २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको आज ४० दिन पुगेको छ । चैत ११ गतेबाट जारी गरिएको लकडाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् । कान्तिपुरका फोटोपत्रकारहरुले खिचेका लकडाउन सुरु भएको पहिलो दिनदेखि आजसम्मका विभिन्न गतिविधि झल्किने तस्बिरहरु :

दोस्रो दिनः काठमाडौंका सडकहरुमा डिस्इन्फेक्टेन्ट छर्कदैँ काठमाडौं महानगरपालिकाका कर्मचारी ।

लकडाउनका कारण काठमाडौंलगायत विभिन्न जिल्लामा अलपत्र परेका नागरिक आफ्नो स्थायी थाततलो पुग्न सयौं किलोमिटर पैदलै यात्रा गर्न बाध्य भएका छन् । सरकारले वैशाख २५ गतेपछि भने लकडाउन केही खुकुलो बनाउने बताए पनि संक्रमणको अवस्था हेरेर अन्तिम निर्णय गर्ने बताएको छ ।

तेस्रो दिनः सर्वसाधारणहरुलाई घर बाहिन ननिस्कन भन्दै प्ले कार्डसहित उभिएका ट्राफिक प्रहरी ।

चौथो दिनः फार्मेसीमा ओषधि किन्दै सर्वसाधरण । लकडाउनको बेला सरकारले अत्यावश्यकका पसलहरु खुल्ला राख्‍न दिएको छ ।

पाँचौं दिनः लकडाउन उल्लंघन गर्नेलाई मल्टिफङ्सनल पोलिस क्याप्चर फोर्कको सहायताले नियन्त्रणमा लिँदै प्रहरी ।

छैटौं दिनः खाना नपाएकाहरुलाई खाद्यन्‍न वितरण गरिँदै ।

सातौं दिनः खाना नपाएका बाँदरलाई खाद्यान्‍न दिइँदै ।

औठौं दिनः उपत्याकको एक खाद्यान्‍न पसलमा किनमेल गर्नेको भीड ।

नवौं दिनः लकडाउनपछि सुनसान बनेको ठेमलमा हिँड्दै विदेशी पर्यटक ।

१० औँ दिनः हलचोकस्थति खुल्ला चौरमा सशस्त्र प्रहरीको लिखित परीक्षा दिँदै उम्मेदवारहरु ।

११ औँ दिनः ललितपुर बुद्ध जयन्ती कोषले सञ्‍चालन गरेको सुपथ मूल्य पसलमा समान किन्दै उपभोक्ताहरु ।

१२औं दिनः दृष्टिविहीन शम्भु चौधरी र उनका साथी श्याम तामाङ आफ्नी छोरीसँग राहतका लागि नाम टिपाउन जाँदै ।

१३औँ दिनः सडक विभागका मजदुरहरु सडकमा रंगरोगन गर्दै ।

१४औँ दिनः लकडाउनपछि बन्द पसल अगाडि बसेका स्थानीय ।

१५औँ दिनः भक्तपुरमा स्वाब संकलन बुथको निर्माण गरिदै ।

१६औँ दिनः नेपाल औषधि लिमिटेडमा ह्यान्ड स्यानिटाइजर तयार गरिँदै ।

१७औं दिनः चुमखोलामा बन्द गरिएको झोलुंगे पुल ।

१८औं दिनः नक्सालमा पीपीई लगाएर बसेका एक व्यापारी ।

१९औं दिनः ग्राहक कुर्दै एक व्यापारी ।
१९औं दिनः ग्राहक कुर्दै एक व्यापारी ।
२०औं दिनः बुल्खुमा तरकारीमा किन्‍नेको भीड ।

२१औं दिनः भक्तपुरमा विस्कोट जात्राको तयारी गरिँदै ।

२२औं दिनः चक्रपथअन्तर्गत एकान्तकुनामा उभिएका एक युवा ।

२३औं दिनः सनसटी अपार्टमेन्टमा आरडीटी परीक्षण गरिँदै ।

२४औं दिनः राष्ट्रिय आविष्कार केन्द्रमा स्वास्थ्य उपकरण बनाइदै ।

२५‍औं दिनः धादिङबाट ट्रकमा चढेर बर्दिया जाँदै कामदारहरु ।

२६औं दिनः थानकोट पार्कमा डिस्इन्फेक्टेन्ट छर्किदै ।

२७औं दिनः बुढानीलकण्ठस्थित एक फार्मेसी पसलमा पीपीई लगाएर औषधि बेच्दै ।

२८औं दिनः लकडाउनका कारण राजाधानीमा थुनिएका सर्वसाधारणलाई भक्तपुरबाट पिकअप भ्यानमा चढेर घर फर्कदै ।

२९औं दिनः घर जानका लागि लागेको यात्रुहरुको भीड ।

३०औं दिनः मातातीर्थ ‌‍औंसीको अघिल्लो दिन भाटभटेनी अगाडी सामाजिक दूरी कायम राखेर लाइनमा बसेका सर्वसाधरणहरु ।

३१औं दिनः लकडाउनका कारण फूल नबिकेपछि फूल फ्याँक्दै पुष्प व्यवसायी ।

३२औं दिनः आफ्नी ६ वर्षीया छोरीसँग बबरमहलमा राहत लिनका लागि जाँदै शान्ति तामाङ ।

३३औं दिनः रमजानको पहिलो दिन घरमै प्राथर्ना गर्दै मोहमम्मद अन्सारी ।

३४औं दिनः आफूमाथि अपहरणको प्रयास भएको भन्दै काठमाडौं प्रहरी परिसर जाँदै सांसद सुरेन्द्र यादव लगायत ।

३५औं दिनः मस्जिदमा बसेकाहरुको स्वाब संकलन गरिदै ।

३६औं दिनः नेकपाका संसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध जनता समजावादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको उजूरी दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यलय बबरमहल पुगेको जसपाका नेताहरु विरुद्ध नाराबाजी गर्दै नेकपाको भातृ संगठन युवा संघ र अखिलका नेता तथा कार्यकर्ताहरु ।

३७औं दिनः बजेट अधिवेशनको तयारीका लागि संसद भवनमा अनुगमन गरेर फर्कदै प्रधानमन्त्री केपीशर्मा ओली ।

३८औं दिनः बबरमहल-बानेश्‍वर जोड्ने आर्क ब्रिज ।

३९औं दिनः डिल्लीबजारमा सडक निर्माण गर्दै मजदुर । मे १ तारखिका दिन मजदुर दिवस मनाइएपनि उनीहरुलाई यो दिवसले छोएन ।

४०औं दिनः २०१२ सालपछि पहिलोपटक खाली भएको काठमाडौं प्रहरीको थुनुवा कक्ष  ।

तस्बिरहरुः कान्तिपुर फोटो विभाग ।

लकडाउनकोरोना भाइरससीमानाका

कान्तिपुर

Link copied successfully