सनसिटीमा कोरोना परीक्षण सुरु[तस्बिरहरु]

वैशाख ३, २०७७

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटीबाट कोरोना परीक्षण थालिएको छ । अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ । २ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ । अहिले ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको छ ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully