भारत र पाकिस्तानबीच युद्ध हुँदैन

वैशाख २४, २०८२

पाठक पत्र

There is no war between India and Pakistan

२२ गते कान्तिपुरमा रमेश धमलाको लेख ‘पहलगाम हमलाले थपेको सुरक्षा चुनौती’ पढें । सतर्कता अवश्य राम्रो हो तर चिन्ता लिनुपर्ने केही छैन ।

भारतले युद्ध गर्ने छैन । यसका कारण छन् । पहिलो, मोदी युद्ध पुरुष होइनन् । दोस्रो, दुवै देश न्युक्लियर पावर हुन् । तेस्रो, अहिले १९७१ जस्तो भारतको रुसजस्तो मित्र कोही छैन तर पाकिस्तानको चीनजस्तो मित्र छ, जसले भनिसकेको पनि छ कि दक्षिण एसियाको शान्तिका लागि उसले पाकिस्तानको समर्थन गर्नेछ । मलाई लाग्दैन कि केवल कुराको खपतका लागि चीनले यस्तो भनेको छ ।

महाभारतमा दुर्योधनको अन्याय पक्षमा नै बढी देश थिए । युद्धको बेला न्याय वा अन्यायको कुरा कसैले हेर्दैन । के गर्दा आफ्नो स्वार्थ पूरा हुन्छ, त्यो मात्र हेर्छन् । अर्को कुरा, रगत चुस्ने एक जीव जोक हुन्छ । त्यस माथि अलि नुन छरिदियो भने मर्छ । त्यसलाई तलवारले काट्न तम्सियो भने त्यो पटमूर्खता हो । याद गर्नुस्, नालापानीको लडाइँ । अंग्रेजले रसदपानी बन्द गरिदियो । भोकप्यासले बाहिर निस्केर लड्नै पर्‍यो । त्यस्तै मोदीले सिन्धुजल रोकेका छन् । बाटो र पानी कसैको रोक्न पाइँदैन । तर यो पुरानो जमानाको कुरा हो ।

डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

पाठक पत्र

Link copied successfully