विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुधबार यस्तो अनुमति दिएको हो ।
काठमाडौँ — पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ५ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुधबार यस्तो अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा बुधबार चौथोपटक ५ दिन म्याद थप भएको छ ।
अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो । आदेशबमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ ।
