विशेष अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासबाट म्याद थप भएको हो ।
काठमाडौं — पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ ।विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बिहीबार यस्तो अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा बिहीबार तेस्रो पटक ६ दिन म्याद थप भएको छ ।
अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो । आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ ।
