विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतले जनाएको छ ।
काठमाडौँ — विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेषले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतले जनाएको छ । यस्तै तुल्सीप्रसाद आचार्य र मणिन्द्र मल्लमाथि पनि म्याद थप भएको छ ।
उनीहरू राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
