अर्थमन्त्री वाग्लेको सम्पत्ति: ४ अपार्टमेन्ट र घर, ११ रोपनी जग्गा

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ललितपुर, काभ्रे र तनहुँमा १२ करोड ७५ लाख रुपैयाँ बराबरका ४ वटा अपार्टमेन्ट र घर रहेका छन् । त्यस्तै, गोरखा र तनहुँमा १३ लाख ५० हजार रुपैयाँका बराबरका ११ रोपनी जग्गा रहेका छन् ।

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

Finance Minister Wagle's assets: 4 apartments and houses, 11 ropanis of land

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ललितपुर, धुलिखेल र बन्दिपुरमा १२ करोड ७५ लाख रुपैयाँ बराबरका ४ वटा घर रहेका छन् । त्यस्तै, गोरखा र तनहुँमा ११ रोपनी बराबर १३ लाख ५० हजार रुपैयाँका जग्गा रहेका छन् ।

त्यस्तै उनीसँग पारिवारिक तथा रोजगारीबाट जोडेका  ४५ तोला सुन र बैंक खातामा श्रीमतीको आय एवं सापटीसहित १९० लाख मौज्दात रहेको छ । 

कान्तिपुर

Link copied successfully