सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी/प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् ।

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

Sita Badi's livestock includes 20 chickens and one dog.

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ ।

उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी  पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी/प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् । 

उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।

सम्बन्धित अन्य समाचारहरू

प्रधानमन्त्री शाहको सम्पत्ति कति छ ?

गृहमन्त्री गुरुङको सम्पत्ति : २६० रोपनी जमिन, ८९ तोला सुन र ६ किलो चाँदी

कान्तिपुर

Link copied successfully