गृहमन्त्री गुरुङको सम्पत्ति : २६० रोपनी जमिन, ८९ तोला सुन र ६ किलो चाँदी

गृहमन्त्री गुरुङको तीन वटा अपार्टमेन्टमा १ करोड ५७ लाखबराबरको सेयर, सेयरमार्केटमा २ करोड ७४ लाखबराबरको सेयर 

चैत्र २९, २०८२

इकान्तिपुर डेस्क

Home Minister Gurung's assets: 260 ropanis of land, 89 tolas of gold and 6 kilos of silver.

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । धनकुटामा उनकै नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ । उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको उनले विवरणमा खुलाएका छन् ।

त्यस्तै बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जमिन रहेको छ । त्यस्तै हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जमिन रहेको छ । त्यस्तै मन्त्री गुरुङकै नाममा ८९ तोला सुन र चाँदी ६ किलो रहेको छ । त्यस्तै विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको छ ।

त्यस्तै होप होल्डिङ्ग्स प्रालिमा ३० हजार थान सेयरको ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालि ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँबराबरको सम्पत्ति रहेको छ । त्यस्तै एडभेन्चर भिल्ला प्रालिको नाममा ७० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँबराबरको सेयर रहेको छ । 

त्यस्तै गृहमन्त्री गुरुङको नाममा ४८ लाख रुपैयाँबराबरको एमजी-एस फाइभ कारसमेत रहेको छ । 

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री शाहको सम्पत्ति कति छ ?

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

इकान्तिपुर

Link copied successfully