प्रधानमन्त्री शाहको सम्पत्ति कति छ ? 

बैंक खातामा १ करोड ४६ लाख, आम्दानीको स्रोत सामाजिक सञ्जाल, पत्नी सविनाको नाममा १९० तोला सुनचाँदी

चैत्र २९, २०८२

कान्तिपुर संवाददाता

How much is Prime Minister Shah's wealth?

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ । त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको छ ।

उक्त जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ । त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भनेर पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी देखाइएको छ । त्यस्तै बैंकमा प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको छ ।

उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक, स्पटीफाईलगायत उल्लेख गरिएको छ । शाहको फेसबुकमा ४० लाख,  युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि विवरणमा उल्लेख छ । 

सम्बन्धित समाचारहरू

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

गृहमन्त्री गुरुङको सम्पत्ति : २६० रोपनी जमिन, ८९ तोला सुन र ६ किलो चाँदी

कान्तिपुर

Link copied successfully