सामाजिक सञ्जाल बन्दको निर्णयमा तत्कालीन सञ्चारमन्त्रीको दाबी: आवेगमा गरिएको हैन

‘सामाजिक सञ्जाल रोक्ने निर्णय कुनै व्यक्तिगत आवेगमा होइन, अदालतको आदेश, निर्देशिकाको व्यवस्था र मन्त्रिपरिषद्को निर्णयको पालना गर्ने दायित्वका रूपमा लिइएको थियो,’ उनले बयानमा भनेका छन्, ‘रेडिट र डिस्कर्ड जस्ता प्लाटफर्मलाई उच्च जोखिमका रूपमा छुट्टै पहिचान गरेर प्राथमिकता दिइएको थिएन ।’

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

The then Minister of Communications claims that the decision to shut down social media was not made on impulse.

काठमाडौँ — तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयको बचाउ गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसँग बयान दिँदै उनले यस्तो दाबी गरेका हुन् । 

‘सामाजिक सञ्जाल रोक्ने निर्णय कुनै व्यक्तिगत आवेगमा होइन, अदालतको आदेश, निर्देशिकाको व्यवस्था र मन्त्रिपरिषद्को निर्णयको पालना गर्ने दायित्वका रूपमा लिइएको थियो,’ उनले बयानमा भनेका छन्, ‘रेडिट र डिस्कर्ड जस्ता प्लाटफर्मलाई उच्च जोखिमका रूपमा छुट्टै पहिचान गरेर प्राथमिकता दिइएको थिएन ।’ उनले भदौ २३ गतेका घटनापछि प्रधानमन्त्री कार्यालयमै बसेर गृहमन्त्री लगायतसँग निरन्तर छलफल र परामर्शमा गरिएको दाबी पनि गरेका छन् । 

घटनाक्रमको विश्लेषणपछि निर्णयअनुसार सोही राति नै सामाजिक सञ्जाल पुनः खोल्ने प्रक्रिया अघि बढाइएको दाबी गर्दै उनले र यसमा प्रधानमन्त्री, मुख्य सचिव लगायतको सामूहिक निर्णय संलग्न भएको दाबी गरे । तर, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध सुशीला कार्की नेतृत्वको सरकारले केही दिन अघिमात्र गरेको छ । 

नेपाल सरकारले पटक-पटक सार्वजनिक सूचना प्रकाशित गरी सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मन्त्रालयमा सूचीकरण हुन, नेपालभित्र सम्पर्क बिन्दु र सम्पर्क व्यक्ति तोक्न र सरकारको नियमनको दायरामा आउन आग्रह गरेको दाबी गर्दै सर्वोच्च अदालतबाट सामाजिक सञ्जाल नियमन गर्न परमादेश जारी भइसकेकोले सरकारले निर्णय गरेको भन्दै बचाउ गरेका छन् ।

कान्तिपुर

Link copied successfully