युवाका मुद्दालाई संस्थागत र रुपान्तरण गर्न पार्टी राजनीतिमा लाग्यौँ : प्रदिप ज्ञवाली

‘फरक पार्टी र फरक सरकार बन्दा हाम्रो मुद्दाहरु ओझेलमा पर्ला । त्यसलाई संस्थागत गर्न हामी यता लाग्यौँ ।’

माघ २७, २०८२

कान्तिपुर संवाददाता

We entered party politics to institutionalize and transform youth issues: Pradeep Gyawali

काठमाडौँ — जेन–जी अभियन्ता प्रदिप ज्ञवालीले युवाहरुका मुद्दालाई संस्थागत गर्न र रुपान्तरण गर्न पार्टी राजनीतिमा लागेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको दोस्रो दिनको चौथो सत्र 'गणतन्त्रका नयाँ आवाज' विषयक सत्रमा धारणा राख्दै उनले राजनीतिक सुदृढीकरणका लागि आफैं त्यहाँ भित्र नछिरे बाहिरबाट सफा कसरी गर्न सकिन्छ भन्दै उनले प्रश्न गरे । 

‘म आजबाट होइन २०७२ सालदेखि सडकमा छु, लोकमानसिंह कार्की विरुद्धको आन्दोलनदेखि २०८२ सम्म सडकमै छु,’ उनले भने, ‘आन्दोलनपछि प्रधानमन्त्री कार्यालयमा बसेर काम गर्ने अवसर समेत पाएँ । स्वर्गीय उज्जवल थापासँगै राजनीति गर्दै यहाँसम्म आइपुगेँ ।’

आज नागरिक सरकार भएकाले युवाहरुको कुरा सुन्ने भए पनि भोलि कसको सरकार बन्छ भन्ने जानकारी नभएको उनले सुनाए । ‘हाम्रो पार्टीको सरकार बन्यो भने  हाम्रा मुद्दाहरुलाई अगाडि बढाउन सक्छौं,’ उनले भने, ‘फरक पार्टी र फरक सरकार बन्दा हाम्रो मुद्दाहरु ओझेलमा पर्ला । त्यसलाई संस्थागत गर्न हामी यता लाग्यौँ ।’

कान्तिपुर संवाददाता

Link copied successfully