जेन-जी आन्दोलनपछि मेरो नेतृत्वमा तेस्रो पटक सरकार विस्तार भएको छ : मुख्यमन्त्री कृष्णप्रसाद यादव

जेन-जीको भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने मागलाई मधेस सरकारले आत्मसात् गरेको भन्दै यादवले निश्चित रूपमा जनतालाई अनुभूति दिने वातावरण बनेको बताए ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

The government has expanded for the third time under my leadership after the Gen-G movement: Chief Minister Krishna Prasad Yadav

काठमाडौँ — मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेनजी आन्दोलनपछि आफ्नो नेतृत्वमा तेस्रो पटक मधेस सरकार विस्तार भएको बताएका छन् ।

‘जेन-जी सरकारअघि एउटा सरकार थियो । जेनजी आन्दोलनपछि एउटा सरकार २२ दिनमा र एउटा सरकार २५ दिनमा परिवर्तन भयो । त्यसपछि मेरो नेतृत्वमा सरकार बन्यो,’ उनले भने, ‘शतप्रतिशत समर्थनमा सरकार बनेको छ ।’

जेन-जीको भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने मागलाई मधेस सरकारले आत्मसात् गरेको भन्दै यादवले निश्चित रूपमा जनतालाई अनुभूति दिने वातावरण बनेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully